काडमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
बालुवाटारमा भएको भेटमा उनीहरुबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ । सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल उम्मेदवार बेनका छन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले बुधवार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । यी तीन विषयमा अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको हो ।




प्रतिक्रिया