नयाँ समिकरण बनेदेखि कांग्रेसका कसैसँग भेटसमेत गरेको छैनः उपेन्द्र यादव


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताएका हुन् । राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यसविरुद्ध अदालत जाने समेत बताए ।

कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको आरोप लगाएर प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको उनको भनाइ छ ।

सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट समेत नभएको उनले दावी गरे । ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।। सरकारप्रति निरन्तर समर्थन छ, यो रहन्छ । बाँकी कसरी परिस्थिति विकास हुन्छ भन्नेमा निर्भर हुन्छ ।’, यादवले भने ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement