कांग्रेसले विश्वासको मत दिन नदिएर नेपालकाे इतिहासमा गलत गर्‍योः प्रधानमन्त्री

कांग्रेसले विश्वासको मत दिन नदिएर नेपालकाे इतिहासमा गलत गर्‍योः प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत माग्दा नेपाली कांग्रेसले अवरोध गरेकोप्रति गुनासो गरेका छन् ।

सोमवार संसद बैठकमा बोल्दै उनले नेपाली कांग्रेसलाई आफूले पकट पकट साथ दिए पनि कांग्रेसले आज संसदमा नाराबाजी गरेर गतल गरेको भन्दै गनासो गरेका हुन् ।

‘तपाईहरुलाई नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक-पटक साथ दियो । अहिले पनि छलफलमा र संवादमा ल्याइरहेको छु । तर, आज तपाईहरुले मलाई विश्वासको मत दिन नदिएर नेपालकाे इतिहासमा कलंक गर्नुभयो ।’, उनले भने ।