सत्ता गठबन्धनका तीन सांसद्ले दिएनन् प्रधानमन्त्रीलाई विश्वासको मत

सत्ता गठबन्धनका तीन सांसद्ले दिएनन् प्रधानमन्त्रीलाई विश्वासको मत

मत नदिनेमा समाजवादी पार्टीका ज्वाला, एमालेका नेम्वाङ र उन्मुक्तिका चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धनमा रहेका तीन दलका तीन सांसद्ले विश्वासको मत नदिएको पाइएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एमाले, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक सांसद अनुपस्थित रहेको देखिएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा एमाले सांसद बसन्तकुमार नेम्वाङ, एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वाला र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी अनुपस्थित रहेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभाका १५७ सांसदको मत पाएर विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीले एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि दोस्रोपटक विश्वासको मत प्राप्त गरे ।

प्रधानमन्त्रीले नेकपा एमालेका ७६, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, एकीकृत समाजवादी पार्टीका ९, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७, नागरिक उन्मुक्ति पार्टीका ३, जनमत पार्टीका ६, प्रभु शाह १, अमरेश कुमार सिंह १ र योगेन्द्र मण्डल १ गरी १५७ मत पाएका छन् ।