प्रधानमन्त्री प्रचण्डको विरोध गर्ने युवाको मुख थुनियो

प्रधानमन्त्री प्रचण्डको विरोध गर्ने युवाको मुख थुनियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा ३ जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

एक युवाले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै नारा लगाएका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए।