अखण्ड भारतको नक्सामा नेपालको भुमि राखेकोबारेमा प्रचण्डले मोदीसँग छलफल नै गरेनन्

अखण्ड भारतको नक्सामा नेपालको भुमि राखेकोबारेमा प्रचण्डले मोदीसँग छलफल नै गरेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको हो ।

यसैबीच आफ्नो संसद् भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे नेपालले आपत्ति जनाएपछि भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसद्‍मा जे राखिएको छ, त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी भित्ते चित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछन्। भित्ते चित्रले त्यही कुरा बताउँछ।’

चार दिने भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले भने यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै पनि छलफल गरेनन् ।

नेपालका प्रधानमन्त्री प्रचण्डको जारी भारत भ्रमणमा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताएका हुन् ।