मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड, माओवादीले एउटा मन्त्रालय छाड्ने!


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

जनमतलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । जनमत पार्टीले आफ्नो माग अनुसारको मन्त्रालय पाए सरकारमा सहभागी हुने जनाएको छ । मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा प्रधानमन्त्री प्रचण्डले एउटा मन्त्रीलाई हटाउनु पर्ने हुन्छ । भागबण्डा मिलाउन माओवादीले नै एउटा मन्त्रालय छाड्नु पर्ने देखिएको छ ।

माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती छन्। १० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले ९ जेठमा मात्र सरकारलाई पूर्णता दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement