हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्। बिहीबार बुटबलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीताजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ उनले भने।