काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले देशका प्रधानमन्त्री र मन्त्रीले अन्तरहृदयबाट हिन्दु राष्ट्रलाई नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको पनि बताएका हुन् ।
‘नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ’ उनले भने । प्रधानमन्त्री प्रचण्ड शनिबार केही मन्त्रीहरुलाई लिएर पशुपतिनाथको दर्शनमा पुगेका थिए ।




प्रतिक्रिया