प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराईविरुद्धको रिटमाथि सुनुवाइ हुँदै


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज मंगलबार सुनुवाइ हुने भएको छ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले जनयुद्धमा बाल सेना प्रयोग गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराईविरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। उक्त रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

पूर्व बाल सेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन जनयुद्धका सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement