काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत राजेन्द्र शाही प्रक्राउ परेका छन् । टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही प्रक्राउ परेका हुन् । उनि नेपाली सेनाका मेजर रहेको र हाल प्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर टेकुले शाहीसहित थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुुर गुरुङ रहेका छन् । प्रहरीले यसअघि महाराजंगबाट करौडो पैसासहित २५ जुवाडेलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया