प्रधानमन्त्रीको प्रेस विज्ञमा बजगाई,स्वकिय सचिवको जिम्मेवारी बजाचार्यले पाए


काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको संचार विज्ञमा पत्रकार रामशरण बजगाई नियुक्त भएका छन् । ओली निकट अनलाइन पत्रिका चक्रपथ डट कमका सम्पादक रहेका बजगाईलाई शनिवार प्रधानमन्त्रीको संचार विज्ञमा नियुक्त गरिएको हो ।

करीव डेढ दशकदेखी पत्रकारितामा सक्रिय रहेका बजगाई नयांपत्रिका दैनिक,सौर्य दैनिक हुंदै पछिल्लो समय चक्रपथमा सम्पादक थिए । उनि प्रेस चौतरीका नेता समेत हुन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारको लागी एमाले निकट दुई दर्जन पत्रकारहरु दौडमा रहेपनि ओलीको रोजाईमा काभ्रेका बंजगाई परेका हुन् । प्रधानमन्त्रीले स्वकीय भने राजेश बज्राचार्यलाई नियुक्त गरेका छन् । उनि लामो समयदेख् िओलीको सचिवालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement