प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको हो ।

भेटमा राजदूत सोङले चीन सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको र नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताए।

सोङले भने, “आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी तत्पर छौँ।”

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएयता यो चिनियाँ राजदूतसँगको पहिलो औपचारिक भेट हो।