अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा प्रतिबन्ध हटाउने तीन चरणको योजना घोषणा


एजेन्सी – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् । प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका छन् ।

पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने जनाइएको छ । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताए ।

कोभिड १९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उनले बताएका छन् । यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताएका छन् ।

सरकारले सर्वाजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ । तेस्रो चरणमा अस्टे«लियाको जनपजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement