सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसक्यो :प्रधानमन्त्री प्रचण्ड

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसक्यो :प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसकेकाे बताएका छन् ।

शुक्रबार प्रचण्डले आफ्नो न्युर्योक र चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै सुन प्रकरणमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको जानकारी गराए ।

अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ, उनले भने, यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आायोग बनाउने प्रक्रिया अघि बढेकोसमेत सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।

यस्तै कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताए ।