काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थित नभएपछि चौतर्फी विरोध भएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची थियो। तर, प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित नभएपछि विपक्षीहरुले त्यसको विरोध गरेका छन् । उनि राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दा नै विचमा उठेर गएको भन्दै विरोध भएको थियो ।
प्रधानमन्त्रीको आफ्नो तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो। त्यसमा विपक्षी दलका सांसदहरुले विरोध जनाएका हुन । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक नै छोडेर हिंडेका थिए । प्रधानमन्त्रीको कार्यशैलीको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि विरोध जनाएका छन् ।
विपक्षी दलका सांसदहरुले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।




प्रतिक्रिया