काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘राजा फर्काउने’ भन्दै सामाजिक सञ्जालमा गरेको एउटा ‘फेक पोष्ट’ भाइरल भएको छ ।
बालेनकै जस्तो देखिने नक्कली फेसबुक पेजमा राजसंस्था मुलुकको आवश्यकता भएको उल्लेख छ । दलका झगडा र स्वार्थले देश डुबाएकाले देश बचाउन तथा स्थिरता र सुशासनका लागि राजसंस्था फर्काउनुपर्ने भनिएको छ ।
‘राजा नै चाहिन्छ अब यो बहस होइन, आवश्यकता हो । दलका झगडा र स्वार्थले देशलाई डुबाइसक्यो । अब कडा निर्णय लिनैपर्छ । देश बचाउने हो भने स्थिरता र सुशासन निदे राजसंस्था फर्काउनुपर्छ’, उक्त पोष्टमा भनिएको छ ।
पोष्ट बालेनकै भएको भन्दै धेरैले लाइक र कमेन्ट गरेका छन् । बालेनले मंगलबार बिहान ९ बजेर २ मिनेटमा गरेको पोष्ट नै अन्तिम हो ।
त्यसयता उनले कुनै पोष्ट गरेका छैनन् । पोष्टमा उनले विद्यार्थी संगठन र कर्मचारी युनियन खारेजीसम्बन्धी सरकारको निर्णयको बचाउ गरेका छन् ।





प्रतिक्रिया