प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने – कतातिर लाग्ने हो अर्को वैठकमा स्पष्ट भएर आउनुहोला

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने – कतातिर लाग्ने हो अर्को वैठकमा स्पष्ट भएर आउनुहोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बताएका छन् । आफ्नो सरकारका मन्त्री,राज्यमन्त्री र सल्लाहकारहरुलाई शनिवार बालुवाटार बोलाएर उनले आफुले दुवै पदबाट छोड्दा मुलुकलाई अन्याय हुने भन्दै राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

उनले पार्टी एकताका लागी आफुले पहल भने जारी राख्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्को वैठकमा आउंदा आफुतिर लाग्ने वा अर्कोतिर लाग्ने स्पष्ट हुन् समेत आग्रह गरेका छन् । ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ । अहिले नै गर्नु पर्दैन् अर्को वैठकसम्म स्पष्ट भएर आउनुहोला । ’प्रधानमन्त्रीको भनाई उदृत गर्दै एकमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेकपाको स्थायी समितिलाई हुल्लडहरुको समुहको संज्ञा समेत दिएका छन् । उनले स्थिति एकदम जटिल भएको भन्दै देशलाई केन्द्रमा राखेर हरेकले निर्णय गर्नुपर्ने बेला आएको धारणा राखे । प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसंग परामर्श गरेका हुन्।

शनिबार सांझ गरेको सो बैठकमा पछिल्लो परिस्थितिबारे उनले जानकारी समेत गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन नेकपाका अध्यक्ष प्रचण्डसहितका नेताहरुले कानुन व्यवसायीहरुसंग परामर्श गरेको समेत उनले दावी गरे ।

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको प्रधानमन्त्रीको भनाई थियो । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नुहुन्छ, यो कस्तो संगठन हो ?कस्तो विधी हो, कसरी संगठन चल्दैछ यसवाट पनि प्रस्ट बुझ्न सकिन्छ,’ उनले वैठकमा भनेका थिए ।