मध्यरातमा प्रधानमन्त्रीले भेटे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेका परिवार

मध्यरातमा प्रधानमन्त्रीले भेटे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेका परिवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधवार नै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङ्छिरिङ शेर्पा, उपसचिव युवराज दाहाल, नागरीक उड्डयन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, प्राधिकरणकै उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ,पाइलट प्रकाश केसी र जमदार अर्जुन घिमिरेका परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए । 

मन्त्रिपरिषदको वैठकपछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु दुर्घटनामा परि मृत्यु हुने परिवारका सदस्यलाई भेट्न उनिहरुको निवास पुगेका हुन् ।