युरोप महादेशमा कार्यरत नेपाली राजदूतसंग जेनेभामा प्रधानमन्त्रीको ब्रेकफास्ट मिटिङ


काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज युरोप महादेशमा कार्यरत नेपाली राजदूतहरुसंग अन्र्तक्रिया गर्दैछन् ।  

प्रधानमन्त्री ओलीले जेनेभामा स्विजरल्याण्ड, बेलायत,फ्रान्स,रसिया, स्पेन, डेनमार्क,बेल्जियम र जर्मनीका नेपाली राजदूतसंग शनिवार बिफ्रिङ्ग लिने कार्यक्रम छ । 

राजदुतहरुले युरोपमा रहेका राजदूतावासको अवस्था, कामकार्वाही, भावी कार्ययोजना र चुनौतीहरुको वारेमा प्रधानमन्त्रीलाई बिफ्रिङ्ग गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीले बिफ्रिङ्ग सुनेपछि राजदुतहरुलाई निर्देशन समेत दिने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयले राजदूत र नियोग प्रमुखलाई आवश्यक तयारीका साथ जेनेभा आउन निर्देशन दिएसंगै सवै देशका नेपाली राजदूत  शुक्रवार नै स्विजरल्याण्ड पुगिसकेका छन् । 

प्रधानमन्त्री ओलीले राजदूतहरुसंगै वे्रकफास्टसहित बिफ्रिङ्ग सुन्ने व्यवस्था गरिएको छ । बिफ्रिङ्ग कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनेछन् । 

जेनेभाको कार्यक्रम सकेर प्रधानमन्त्री शनिवार सांझ ४:५५ मा दोहा हुंदै कतार ऐयरवेजबाट स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement