काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान क्यान पदाधिकारीसँगै खेलाडीहरूसँग छलफल गरेका हुन् ।
बैठकबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ ।’
प्रधानमन्त्री ओलीले असार ३१ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।
उनले यस छलफलले आफ्नो पहिलो निर्णय अर्थात् कीर्तिपुरमा सुविधासम्पन्न रंगशाला बनाउने निर्णयमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया