प्रधानमन्त्री बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : मेयर साम्पाङ


काठमाण्डु – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डुका सडकमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् ।

काठमाण्डुको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लागेको उनले बताए ।

‘काठमाण्डुको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement