पीएम कपः एपीएफको लगातार दोस्रो जित, गण्डकी प्रतियोगिताबाट बाहिरियो


काठमाण्डु – सशत्र प्रहरी बल (एपीएफ) ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।

यो सँगै प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित हात पारेको हो । त्यस्तै मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको गण्डकी प्रदेश लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए ।

यो जितसँगै समूह ‘ए’ को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement