प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरकाे पूजाअर्चना गर्ने

प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरकाे पूजाअर्चना गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदैछन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

आजै प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ। बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।