प्रधानमन्त्री दाहालविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्री दाहालविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दाहालविरुद्ध परेको रिट दर्ता गर्न शुक्रवार आदेश दिएको हो ।

प्रधानमन्त्री दाहालले टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको जिम्मा आफुले लिने विवादित अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको त्यतिवेला नै सर्वत्र आलोचना भएको थियो । उनले द्धन्द्धकालमा मारिएका १७ हजारमध्ये पांच हजारको जिम्मा आफुले लिने भएपनि अरुको जिम्मा भने राज्यले लिनुपर्ने बताएका थिए ।

उनको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनिविरुद्ध परेको रिट दर्ता नगरी दरपीठ गरेको थियो ।

सर्वोच्च प्रशासनको दरपीठ आदेशविरुद्ध न्यायाधीशद्धय खतिवडा र फुयालको संयुक्त इजलासले फैसला गरेको हो । प्रधानमन्त्री दाहाल संक्रमणकालिन न्यायको टुंगो लगाउने तयारीमा रहेको बेला सर्वोच्चको यस्तो फैसला आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।