काठमाडौं – भदौ ५ गते उपचार गराउन सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) स्वदेश फर्किए लगत्तै आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहले बताएकी छन्।
उनका अनुसार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएन) मा शरिरमा बढी मात्रामा रहेको ’एन्टीवडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया पुरा भएको छ।
डा.शाहले विज्ञप्तीमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । विज्ञप्तीमा भनिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’
२०६४ सालमा मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यस अघि साउन १८ मा पनि उपचारको लागि सिंगापुर पुगेका थिए।





प्रतिक्रिया