गठबन्धनमा समस्या आउनु स्वभाविक हो: प्रधानमन्त्री देउवा


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दलहरू मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताएका हुन् ।

‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ। तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’, उनले भने । सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement