प्रधानमन्त्री देउवाका लागि एक रुपैयाँ अभियान


धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्काे गर्दै आर्थिक सहायतासम्बन्धी निर्णय थालेपछि विद्यार्थीहरुले त्यसको चर्काे विरोध गरेका छन्।

विरोध स्वरुप कैलालीमा संयुक्त वाम विद्यार्थी गठबन्धनले दबाबस्वरुप प्रधानमन्त्री देउवाका लागि एक रुपैयाँ संकलन अभियान थालेका छन्।

पहिलो दिन कैलाली बहुमुखी क्याम्पसमा ४ सय ४८ जनाबाट त्यति ४ सय ४८ रूपैयाँ रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाइएको छ ।

देउवा सरकारले राष्ट्रिय ढुकुटी रित्याउने गरी निर्णय गर्न थालेपछि यस्तो अभियान थालिएको अखिल क्रान्तिकारी कैलालीका जिल्ला अध्यक्ष डम्मर भट्टराईले बताए।

अनेरास्ववियु कैलालीका पूर्वअध्यक्ष तथा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणि भट्ट देउवा सरकारले नयाँ बन्ने सरकारलाई काम गर्न असहज हुने गरी राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस
Advertisement