देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा

देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषदले काठमाण्डुमा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

देश विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’, प्रधानमन्त्री देउवाले भने ।

अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन् । ‘रोजगारी प्रवद्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभन्न कार्यक्रम ल्याएको छ । उहाँहरुलाई जीवन उपयोगी सिप सिकाउनुपर्छ । अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेछ।’, देउवाले भने ।