एक साताको बेलायत भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा

एक साताको बेलायत भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्कटल्याण्डको ग्लास्गोमा आयाेजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा बिहीबार स्वदेश फर्किन लागेका हुन् । उनी कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए । ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।