तत्काल विद्यालय खोल्ने कि नखोल्ने ? प्रधानमन्त्रीले गरे सरोकारवालासँग छलफल

तत्काल विद्यालय खोल्ने कि नखोल्ने ? प्रधानमन्त्रीले गरे सरोकारवालासँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।

कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो ।

स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो । बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् ।

कोरोना भाइरस संक्रमणको तेस्रो लहर बढेको भन्दै सरकारले माघ मसान्तसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।