मिनेन्द्र रिजालको राजीनामा स्वीकृत, रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

मिनेन्द्र रिजालको राजीनामा स्वीकृत, रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्री मिनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत गर्दै देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् । अर्को व्यवस्था नहुँदासम्म रक्षा मन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकिएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिामा उल्लेख छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल पराजित भएपछि पुस १ गते पदबाट राजीनामा दिएका थिए ।