प्रधानमन्त्री ओली स्वस्थ, सिंगापुर फलोअपमा जाने कार्यक्रम पूर्वनिर्धारित 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएको भन्ने समाचार निराधार भएको रिमालको भनाई छ । 

प्रमुख राजनीतिक सल्लाहकार रिमाले टिवट्मार्फत सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्केलगत्तै सरकार र पार्टी कामको धपेडीले प्रधानमन्त्री थकित भएकाले सचिवालय वैठक स्थगित भएको उल्लेख गरेका छन् । उनले यसैको आधारमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अडकलवाजीसहित केही मिडियामा संप्रेषित अफवाहहरु निराधार भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले ९ दिन सिंगापुरको नेशनल युनिभर्सीटी अस्पतालमा उपचार गराएका थिए । उनलाई अस्पतालले फेरी फलोअपका लागी बोलाएको थियो । सिंगापुर फलोपमा जाने पुर्वनिर्धारित कार्यक्रम भएपनि बिहिवार प्रधानमन्त्रीलाई तुरुन्त सिंगापुर लैजाने गरी तयारी भएको समाचार बाहिर आएको थियो । तर, समाचारमा भनेजस्तो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव नभएको निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री अर्को साता भने नियमित फलोअपका लागी सिंगापुर जानेछन् । 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिलिप शर्मा र दिव्या शाहले यसबारेमा कुनै प्रतिक्रिया नदिएपनि उनको उपचारमा संलग्न अर्का डाक्टर अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीको क्रिटिनिमको मात्र बढेको सायमीको भनाई थियो । 

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले आराम गर्न भने सल्लाह दिएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement