प्रधानमन्त्री थप उपचारका लागी आज ग्रान्डी अस्पताल जांदै

प्रधानमन्त्री थप उपचारका लागी आज ग्रान्डी अस्पताल जांदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जांदैछन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली थप उपचारका लागी शनिवार ग्रान्डी अस्पताल जांदैछन् ।

गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि उनी अस्पताल जान लागेका हुन् ।

प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा आफ्नो उपचारको विषयमा जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले गत कात्तिक १३ मा उपचार गरेपछि उनलाई डायलासिस भने गर्नुपरेको छैन । मिर्गौलाको थप उपचारका लागी प्रधानमन्त्री अमेरिका जाने तयारीमा छन् ।