काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता खनाल त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । उनले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन् ।




प्रतिक्रिया