काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्की र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ ।
महावरले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
यस्तै महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँगपनि भेटवार्ता गरेका छन् । भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाण्डु आएका हुन् ।
मुनुले अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।
सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे ।




प्रतिक्रिया