निर्वाचनकाे तयारीसँगै हिमाली जिल्लाकाे भ्रमणमा प्रधानमन्त्री

निर्वाचनकाे तयारीसँगै हिमाली जिल्लाकाे भ्रमणमा प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छिन् । कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली बिहीबार बिहान सोलुखुम्बु पुगेको हो ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सोलुखम्बु पुगेकी हुन् ।

प्रधानमन्त्री केहि दिन पूर्व देखि पश्चिम सम्मका हिमाली जिल्लाको अवस्था बुझ्न जाने उनको सचिवालयले जनाएको छ ।

भ्रमण आज र भोलिसम्म जारी रहने प्रेस सल्लाहकार रावलले जानकारी दिए ।

हिमाली जिल्लाहरुमा हिउ पर्ने भएकाले फागुन २१ गते चुनाव नहुने हो कि भन्ने चासो र चर्चा बढेको छ ।

यता निर्वाचन आयोगले पनि जल तथा मौसम विज्ञान विभागसँग सम्भावित मौसमी विपत्तिबारे जानकारी मागिएको छ ।