काठमाण्डु– नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।
मंगलबार ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया