प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच पर्सिमात्र कुराकानी हुने

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच पर्सिमात्र कुराकानी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज तय भएको भनिएको कुराकानी स्थगित भएको छ।

मोदीको तर्फबाट भने भारतीय राजदूत आजै सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट्ने कार्यक्रम तय भएको छ। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूतले कार्कीलाई बधाई दिनेछन्।

प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार मोदीसँग प्रत्यक्ष कुराकानी भने बिहीबार हुने तय भएको छ।

यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिइसकेको थियो।

मोदीले मणिपुरमा रहँदै नेपालमा असामान्य परिस्थितिमा नागरिक सरकार गठन भएकोमा स्वागत समेत गरेका थिए।