देशको अवस्था सामान्य बनेको र सकारात्मक प्रचार गरिदिन कूटनीतिक निकायसँग प्रम कार्कीको आग्रह

देशको अवस्था सामान्य बनेको र सकारात्मक प्रचार गरिदिन कूटनीतिक निकायसँग प्रम कार्कीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र कूटनीतिक निकायहरूसँगको छलफल जारी रहेको छ ।

बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुँदैछ ।

उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न आग्रह पनि गरिन्।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्।