काठमाण्डु– वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र रहेको र उक्त मापदण्ड अन्तिम नरहेको निष्कर्ष छलफले निकालको छ ।
यस्तै छलफलले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।




प्रतिक्रिया