परराष्ट्र र रक्षामा नयाँ मन्त्रीको सम्भावना कम, दुवै मन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने तयारी

परराष्ट्र र रक्षामा नयाँ मन्त्रीको सम्भावना कम, दुवै मन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री सुशिला कार्कीले परराष्ट्र तथा रक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना न्यून देखिएको छ। कार्की निकट स्रोतका अनुसार उनले तत्कालका लागि दुवै मन्त्रालय आफैं सम्हाल्ने तयारी गरेकी छिन्।

परराष्ट्र मन्त्रालयका लागि पूर्व परराष्ट्र सचिव शंकरदास वैरागी, दुर्गा भट्टराईदेखि मधुरमण आचार्यसम्मको नाम चर्चामा आए पनि कार्कीले यो मन्त्रालय आफैं राख्ने निर्णयमा पुगेको बुझिन्छ। कार्कीले सोमबार मात्रै चार जना मन्त्री नियुक्त गरेकी थिइन् तर परराष्ट्र र रक्षा मन्त्रालय भने आफूसँगै राखेकी छिन्।

रक्षा मन्त्रालयका लागि सेनाका अवकासप्राप्त जर्नेल वालानन्द शर्मादेखि पूर्ण सिलवालसम्मको नाम चर्चामा छ। तर, प्रधानसेनापति अशोकराज सिग्देलसँगको सल्लाहपछि तत्कालै रक्षा मन्त्रालयमा कोही नियुक्त नगर्ने मनसाय प्रधानमन्त्रीको रहेको बताइएको छ। यद्यपि सिग्देलले सेनाले मन्त्री नियुक्तिमा कुनै चासो नराखेको स्पष्ट गरिसकेका छन्।

स्रोतका अनुसार आगामी फागुनमा हुने निर्वाचनर भूराजनीति सन्तुलनलाई मध्यनजर गरेर दुवै मन्त्रालय संवेदनशील रहनुका कारण प्रधानमन्त्रीले यी मन्त्रालयको जिम्मेवारी तत्काललाई आफ्नै मातहत राख्ने सोच बनाएकी हुन् ।