काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शनिवार जेनजी आन्दोलनमा घाइते भएका युवाहरूसँग भेटघाट गरेकी छन्।
उनले काठमाण्डुस्थित वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पताल, बानेश्वर पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझेकी हुन् ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले अझै औपचारिक रूपमा पदभार ग्रहण गर्न बाँकी छ। तर, उनले पहिलो दिनमै आन्दोलनमा घाइते भएकाप्रति चिन्ता जनाउँदै भेटघाट गर्ने निर्णय लिएकी हुन्।
प्रधानमन्त्री कार्कीले अस्पताल भ्रमणपछि आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको अनुगमन गर्ने कार्यक्रम समेत तय भएको बुझिएको छ।




प्रतिक्रिया