कार्यकर्ता भेलालाई सम्बोधन गर्न कार्की ब्यांकेट जाँदै प्रधानमन्त्री ओली

कार्यकर्ता भेलालाई सम्बोधन गर्न कार्की ब्यांकेट जाँदै प्रधानमन्त्री ओली


काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आज काठमाण्डुमा आयोजना गरेको छ ।

अपरान्ह १२ बजे कार्की पार्टी प्यालेस बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा काठमाण्डुका कार्यकर्ता भेला राखेको छ । उक्त भेलामा पनि प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ ।