भारत भ्रमणमा जानुअघि लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी

भारत भ्रमणमा जानुअघि लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सोमबार भएको भेटमा सरकारमा सहभागी हुनेबारे सहमति भएको स्रोतको दावी छ । दुवै नेताबीच बुधबार फेरी निर्णायक छलफल हुंदैछ ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन् आग्रह गर्दै आएका थिए । प्रधानमन्त्री देउवा र ठाकुरबीच सहमति भएपनि गठबन्धनमा भने अहिलेसम्म सहमति जुटेको छैन ।

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सहमति भएको जानकारी पाएसंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलवार प्रधानमन्त्रीलाई भेटेर विरोध जनाएको स्रोतले बतायो । तर, देउवाले लोसपालाई सरकारमा सहभागी नगराए एमालेसंग मिल्ने भन्दै विरोध नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा सहभागि गराउने योजनामा छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणका लागि नयां दिल्ली जांदैछन् ।

लोसपा २ वटा मन्त्रालय र उपसभामुख लिएर सरकारमा सहभागी हुन लागेको स्रोतको दावी छ । लोसपालाई उद्योग वाणिज्य तथा आपूर्ति र रक्षामन्त्रालय दिने सहमति भइसकेको छ ।

रक्षामा लोसपाका नेता शरदसिंह भण्डारी र उद्योगमा अनिल झा मन्त्री बन्ने लगभग पक्कापक्की छ ।