भारतीय लोकसभा निर्वाचनः वाराणसीमा नरेन्द्र मोदीले कांग्रेसलाई बनाए जिल्ल !


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा वाराणसी निर्वाचन क्षेत्रबाट आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

वाराणसीबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।

दैनिक भास्करका अनुसार मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।

बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement