भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन

भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत आइतबार १५ अगष्टका दिन ७५ औं स्वतन्त्रता दिवस मनाईरहेको छ । यस अवसरमा भारत सरकारले ७५ औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएका छन् । भारतको लालकिल्लामा विशेष समारोह गरिएको छ । त्यहाँको विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

भारतभर अगष्ट १५का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निणर्य गरेको बताएका छन्  ।