भारतीय प्रधानमन्त्री मोदीले भने – नेपालसँगको सम्बन्ध अतुलनीय छ

भारतीय प्रधानमन्त्री मोदीले भने – नेपालसँगको सम्बन्ध अतुलनीय छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउंदैछन् । भारतको प्रधानमन्त्री कार्यालयले मोदीकोे भ्रमणबारे आइतबार वक्तव्य नै जारी गरेको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा दुई देशबीच जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा सहकार्य विस्तारको काम निरन्तर जारी रहने उल्लेख छ ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका भारतिय प्रधानमन्त्रीको यो पांचौ पटकको नेपाल भ्रमण हो । उनि प्रधानमन्त्री भएपछी २०१४ मा पहिलो पटक नेपाल आएका थिए ।

मोदीले जारी गरेको वक्तव्यमा गत महिना प्रधानमन्त्री शेरबहादुर देउवासंग नयाँदिल्लीमा उपलब्धिमूलक वार्ता भएको भन्दै यो पटकको भ्रमणले दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई थप गहिरो बनाउने अपेक्षा लिएको जनाएका छन् । उनले प्रधानमन्त्री देउवासंग फेरी भेट्न इच्छुक रहेको समेत बताएका छन्

भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको भन्दै उनले नेपालसँगको सम्बन्ध अतुलनीय रहेको वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘म बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक छु। दसौं लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा म आफूलाई सम्मानित महसुस गरिरहेको छु, । ’

भारतिय प्रधानमन्त्री मोदी भारतिय वायु सेनाको हेलिकोप्टरबाट भोली १० :४० मा लुम्बिनी पुग्ने कार्यक्रम छ । मोदीले पहिलो मायादेवी मन्दिरमा गई प्रार्थना गर्ने र त्यसपछी लुम्बिनी विकास योजना क्षेत्रभित्र भारतलाई दिइएको भूमिमा भारतीय साँस्कृतिक केन्द्रको शिल्यान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच भोली नै प्रतिनिधिमण्डलस्तरमा वार्ता हुने र त्यसपछी मोदीको सम्मानमा देउवाले दिवा भोज दिनेछन् । भारतिय प्रधानमन्त्री मोदी भोली सांझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।