प्रधानमन्त्री फेरिनु हुँदैन, पाँच वर्ष नै ओलीलाई प्रधानमन्त्री दिनुपर्छ : दिपक खड्का


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री फेरिन नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने भन्दै प्रधानमन्त्री फेरिए देशमा अस्थिरता निम्तिने बताए ।

उनले भने, ‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’

उनले भने, ‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ ।’ उनले थपे, ‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’

नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? मन्त्रीहरु, प्रधानमन्त्री परिवर्तन गरेर के देशमा द्धन्द्ध निम्त्याउन खोजिएको हो त ? भन्दै प्रश्नसमेत गरे ।

अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्ने उनको धारणा छ । वर्तमान सरकार सफल हुन नसकेको भएपनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ ।

उनले भने, ‘अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ । पाँच वषसम्म प्रधानमन्त्री र मन्त्रीहरु हटाउनुहुँदैन् ।’ सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement