४० करोडमा बन्दै प्रधानमन्त्री निवास

४० करोडमा बन्दै प्रधानमन्त्री निवास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ। उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन्। नयाँ संरचना बनाउन ४० करोड लगानी हुने छ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ। चालु आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।